काठमाडौं, १३ माघ । सरकारले सामाजिक वृद्धा भत्ता बढाउने निर्णय कार्यान्वयन गर्न नसकिने अर्थमन्त्रनलयले जनाएको छ । मन्त्रिपरिषद बैठकको भत्ता बढाउने निर्णयले अर्बौं आर्थिक भार पर्ने भएकाले तत्कालका लागि निर्णय कार्यान्वयन गर्न नसकिने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् सरकारले अर्थ मन्त्रानलयसँग छलफल नै नगरि वृद्धा भत्ता र भूकम्प पीडितका लागि रकम बढाउने निर्णय गरिएको बताएका छन् । कामचलाउ सरकारले लोकप्रियता बढाउन यस्ता निर्णयहरु राजनीतिक रुपमा गरिदिने तर कार्यान्वय लागू गर्न नपर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को निर्णय गरेको विपक्षी दलहरुले आरोप लागाएका छन् बुधबार सरकारले ४ नयाँ कार्यक्रम घोषणा गरेको भए पनि ती कार्यक्रमको लागि तत्काल स्रोतको अभाव हुने देखिएको छ । देउवा सरकारले भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ प्रदान गर्ने, मुटु, मृगौला रोग लगायतका गम्भीर प्रकृतिको रोगीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय गरेको छ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्ष र मातृ शिशु कार्यकर्ताहरुको सेवा सुविधामा वृद्धि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया