काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुवईबाट ठुलो मात्रामा रकम भित्र्याएको छ । बैंकले दुवईस्थित माश्रिक बैंक बाट १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब १४ करोड रुपैयाँ) नेपाल भित्र्याएको हो । बैंकका अनुसार नेपालका बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै उक्त रकम भित्र्याएको हो ।
माछापुछ्रे बैंकले दुवईको माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता गरेको थियो । उक्त सम्झौतालाई नेपाल राष्ट्र बैंकको स्वीकृती दिएपछि माछापुच्छ्रे बैंकले रकम भित्र्याएको जनाएकाे छ ।
त्यससँगै राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो।
माश्रिक बैंकबाट ल्याइएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया