काठमाडौं । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति गम्भीर अवस्थामा नेकपा नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ ।
गम्भीर अवस्थामा भेटिएका गिरीको सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
गिरीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धानका लागि ४ जनालाई पक्राउ गरेको छ ।
उनको शंकास्पद मृत्यु भएको भन्दै परिवारले निष्पक्ष छानविनको माग गरेका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई बानेश्वर वृत्तमा राखेर अनुसन्धान सुरु गरिएको उनले बताए ।
गिरी शरीरका विभिन्न अंग र छातिमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा भेटिएका थिए ।
५१ वर्षीय उनी नेकपा काभ्रेका जिल्ला नेता हुन् । गिरी प्याब्सन भक्तपुरको सल्लाहकार, दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया