काठमाडौं । गएराति कलंकीमा टिप्परको ठक्करबाट दुइजनाको ज्यान गएको छ । कलंकी अन्डरपासमा रातको करिव १ बजेको समयमा मोटरसाइकलमा सवार दूईजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए । दुवै रौतहट निवासी हुन् । ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्पर फरार रहेको प्रहरीको भनाई छ । ठक्करपछि घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया