काठमाडौं । बालबालिका तथा महिलाहरुमाथि हुने यौन शोषण र दुष्कर्मका घटना धेरै गम्भीर हुने गर्दछन् । अपराध गर्नेलाई कारवाही गर्न अलिकति पनि लापरवाही गर्नुहुँदैन । तर जब कुनै देशका राष्ट्रपतिले नै अचम्म लाग्ने बयान दिँदा त्यहाँका जनतारुले के आश राख्न सक्दछन् ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले महिलाहरुमाथि हुने हिंसा उनीहरुले रिस उठेका पुरुषहरुलाई लगाउँने गरेको बताएका छन् ।
राष्ट्रपति मोरेनोको यो विवादास्पद बयानले अहिले सामाजिक सञ्जाल तातिएको छ । मानिसहरुले उनको चर्काे आलोचना गरिरहेका छन् ।
मानिसहरुले यदि देशको उच्च पदमा रहेको व्यक्तिले नै यस्तो सोच्न थालेपछि महिला वा अन्य पीडितले कहिल्यै न्याय पाउँन नसक्ने भन्दै उनको आलोचना गरेका छन् ।
गुआयाक्विल शहरमा आयोजना भएको इकोनोमिक्स कन्फ्रेन्समा मोरेनोले यौन शोषणको बारेमा यस्तो बयान दिएका थिए । बयानका क्रममा उनले धेरैजसो महिलाहरु उनीहरुसँग भएका गलत कुराहरुको आरोप रिस उठेका व्यक्तिहरुमाथि लगाउँने गरेको बताएका थिए ।
उनले महिलहरुले भनेको केहि मानेन भने उनीहरुले नराम्रो आरोप त्यो पुरुषमाथि लगाउँने गरेको बताएका हुन् । विवाद चर्किएसँगै मोरेनले जनतासँग माफी मागेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया