चितवन, १३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएका छन् चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले देउवा सरकारले पछिल्लो समयमा गरिरहेका काम अनावश्यक भएको भन्दै यस्ता काम नगरेमा राम्रो हुने बताए बाँदरमुडे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेकोमा भने आफ्नो आपत्ति नरहेको उनको भनाई थियो । देउवा सरकारले जनमतको खिल्ली उडाएको उनको टिप्पणी थियो उनले सरकारका निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेका धाराणाहरुमा आफ्नो सहमति रहेको बताए एमालेले पत्रकार सम्मेलन गरेको दिन आफू नेपालगञ्ज र भैरहवामा रहेकोले ओलीले पत्रकार सम्मेलन गर्नेबारे आफूसँग कुरा भएको र आफूले त्यसमा सहमति जनाएको बताए एक अर्को प्रसंगमा उनले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नेगरी छलफल जारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया