कसरी भएको थियो माता सिताको मृत्यु ?

काठमाडौं । जसरी भगवान श्रीरामलाई पुरुषहरुमा उत्तम पुरुष मानिन्छ त्यसैगरि माता सितालाई पनि महिलाहरुमा सबैभन्दा श्रेष्ठ मानिन्छ । त्यसैले पनि माता सिताको जीवन संघर्षले भरिएको छ ।

तर के तपाईलाई उनको मृत्युको रहस्यका बारेमा थाहा छ ? सायदै छैन होला, आज हामी त्यसको बारेमा जानकारी दिनेछौँ ।

माता सिता आफ्ना छोराहरुसँग वाल्मीकि ऋषिको आश्रममा बस्दै आएकी थिइन् । एक पटक भगवान श्रीरामले अश्वमेध यज्ञको आयोजना गरेका थिए ।

त्यो यज्ञमा वाल्मीकिले रामका छोरा लव तथा कुशलाई रामायण सुनाउँनका लागि पठाएका थिए । रामले आफ्नै छोराहरुबाट राम र सिताको जीवन चरित्र सुने ।

लव र कुश हरेक दिन रामलाई उनीहरुको जीवन चरित्र सुनाउँथे । जब उत्तरकाण्डमा उनीहरु पुगे तब रामले ति दुई बालकहरु आफ्नै सन्तान भएको थाहा पाए ।

त्यहिबेला रामले माता सितालाई कुनै पाप नगरेको भए सभामा आएर आफ्नो पवित्रता प्रकट गर्न आदेश दिए । वाल्मीकि पनि माता सितालाई लिएर सभामा आए ।

त्यहाँ रामका गुरु वशिष्ठ ऋषि पनि थिए । वशिष्ठले त्यो बेला भने ‘हे राम म वरुणको दशौँ पुत्र हुँ,जीवनमा मैले कहिल्यै झुट बोलेको छैन, यी दुइ नै तिम्रो छोरा हुन् । मैले आफ्नो दिव्य दृष्टिबाट सिताको पवित्रता हेरिसकेको छु । यदि मैले झुट बोलेको भए मेरो तपस्याको फल मलाई नमिलोस् ।’

त्यहि बेला माता सिताले भनिन्, हे धर्ती देवी म यदि पवित्र छु भने अहिले नै धर्ती फाटोस् र म धर्तीमा लिन होऔँ ।

त्यति सिताले भन्ने बित्तिकै पृथ्वीबाट नागले सजिएको एउटा सिंहासन आयो र पृथ्वी फाटिन् । सिंहासनमा धर्ती माता बसेकी थिइन् । धर्ती माताले सितालाई आफ्नो आसनमा राखेर धर्तीमा लिन भएकी थिइन् ।

तर पद्यपुराणमा भने माता सिता पृथ्वीमा लिन नभएर रामसँगै सिंहासनको सुख भोगेको कुरा उल्लेख गरिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?