काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजबादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण विहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्ठी जनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क गरे । जग्गा फिर्ता गर्छु भनेकालाई मुद्धा नचलाईएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ ?’ भन्दै प्रस्न गरे ।
उनले भने “अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण छ । कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्धा चलाउन पनि सक्दैनन् । हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउदै गएर परिवबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले वद्मासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भने पछि छोड्नुहुन्छ ?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया