काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । तर गत आवको तुलनामा १५ दशमलव ७३ प्रतिशतले नाफा घटेको छ । बैंकले गत आवको यहि अवधिमा १ अर्ब ९७ करोड ५५ लाख नाफा आर्जन गरेको थियो । जस अनुसार बैंकको नाफा ३१ करोडले कमि हो ।
बैंकले यस अवधिमा करिव १ खर्ब ४९ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । भने १ अर्ब ३२ करोड कर्जा लगानी गरेको बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै पुस मसान्तसम्मको तथ्यांकलाई मूल्यांकन गर्दा बैंकको वितरणयोग्य नाफा भने८४ करोड पुर्याएको छ । त्यस्तै बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । साथै बैंकको यस अवधिमा व्याज आम्दानी पनि ओरालो लागेको देखिन्छ ।
हाल बैंकको चूक्ता पूँजी १४ अर्ब २२ करोड रहेको छ । भने जगेडा कोषमा १० अर्ब १० करोड रुपैयाँ रहेको छ । हाल बैंकको खराब कर्जा २ दशमलव ९० प्रतिशत रहेको बैंकले जनाएको छ । भने आधार व्याजदर ८ दशमलव ५३ प्रतिशत रहेको छ । त्यस्तै स्प्रेडदर ४ दशमलव ४१ प्रतिशत प्रतिशत कायम हुँदा कस्ट अफ फण्ड ६ दशमलव ३७ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ४३ प्रतिशत रहेको छ । भने शेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया