गृह जीवन त्याग गरि २ सय जना चिनियाँ बुद्धिष्ट बने

कपिलवस्त । चीनबाट आएका २ सय बढी भिक्षुहरुले कुदानमा र गाटिहवामा सामूहिक पुजा गरेका छन् । ३ बर्षको शिक्षा पुरा गरी परिपक्व भिक्षु आ‐आफना गृह जीवन त्याग गरि उनीहरुले निग्रोधराम कुदानमा र गोटिहवामा सामूहिक पुजा प्रार्थना गरेका हुन ।

दुई सय जना भिक्षुहरुले ३ बर्षको कोर्स पुरा गरी उनीहरु परिपक्व बुद्दिष्ट बनेका हुन् । भिक्षुहरुले कुदानदेखि गोटिहवासम्म ६ किलो मिटरको कष्टकार पैदल यात्रा गरेका थिए । निग्रोधराम कुदानमा बिशेष प्रार्थना गराएका थिए । र त्यस पछि आफनोे गाडी कुदानमा राखी गोटिहवासम्म पैदल गई क्रकुछन्द बुद्धको स्थलमा पुजा गर्ने टोलीका अध्यक्ष इडवीन लीले बताए ।

भिक्षुहरुले कुदानमा दुई घण्टा बढी पुजापाठ गरेका थिए । भिक्षुहरु द्धारा कुदानमा संरक्षण गरिएको दरबारको चारै तिर पैदल यात्रा गरी पुजा गरेका थिए ।
भगबान गौतम बुद्धको छोरा राहुलसँग परिचित रहेको ठाँउ हो कुदान ।

भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरी राजधानी प्राचीन कपिलवस्तु फर्किदा पिता राजा शुद्धोदनसंग पहिलो पटक भेट गरेको स्थल हो निग्रोधाराम । यस कारण यस ठाउँलाई बुद्ध धर्माबलम्बीहरु लुम्बिनी पछिको महत्बपुर्ण स्थल मान्ने गरेका छन् ।

गोटिहवामा चिनिया पैदल यात्री फयाहनका अनुसार त्यस ठाउँमा एउटा स्तुप थियो जुन क्रकुछन्द बुद्धले निर्बाणको ज्ञान प्राप्त गरे पछि पिता पुत्रको भेट भएको स्थलमा निर्माण गरिएको तथ्य पुस्तकमा पाईन्छ ।

१९९० को दशक नेपाल र ईटलीको संयुक्त टोलीले उत्खननका क्रममा ९ औ शताब्दी ईसा पूर्व देखि तेस्रो र चौथो शताब्दी सम्मका मानव बस्ती र उनीहरुले प्रयोग गरेको भाडाकुडाँका अवशेष फेला परेको थियो ।

गोटिहवा क्रकुच्छन्द बुद्ध जन्म भएको स्थानको रुपमा परिचित बुद्धस्थल हो । क्रकुच्छन्द बुद्धको जन्म गोटिहवामा भएको कुरा गुरु उपगुप्तले शिष्य सम्राट अशोकलाई ऐतिहासिक तीर्थयात्रामा क्रममा बताए पछि त्यसको महत्व बढदै गएको हो । त्यस पछि गोटिहवामा सम्राट अशोकले स्तम्भ निर्माण गरका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?