काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्ने भएको छ । राष्ट्र बैंकले निवृतिभरण तथा उपदान कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार लगानी गर्न लागिएको रकममध्ये वाणिज्य बैंकहरुमा करिव १ अर्ब १२ करोड रहेको छ । त्यस्तै राष्ट्रिय स्तरका विकास बैंकहरुमा २१ करोड तथा वित्त कम्पनीमा ७ करोड लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थालाई रकम आवस्यक परेको खण्डमा आवस्यक शर्त पुरा गरि निक्षेप लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै ऋण लिन चाहने बैंक तथा वित्तीय कम्पनीहरुले प्रस्तावित व्याजदर समेत पुस महिनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
उक्त पस्ताब पेश गर्दा राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रुपमा पेन्सन तथा उपदान कोष लगानीको व्याजदरसम्बन्धी प्रस्ताव पत्र भनि अनिवार्य उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
साथै राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको व्याजदर परिवर्तनसम्बन्धि सार्वजनिक सूचनाले प्रस्तावित व्याजदरलाई कुनै पारेको नमानिने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार मुद्धति निक्षेपको रुपमा २०७६ माघ १ गतेबाट लागु भइ २०७७ पुस २९ गतेसम्म लगानी गर्न लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया