‘तपस्वी’ बमजनविरुद्ध पक्राउ पूर्जी जारी, आश्रममा भेटेन प्रहरीले

काठमाडौं । बलात्कार, हत्या, व्यक्ति बेपत्ताजस्ता आरोप लागेका ‘तपस्वी’ रामबहादुर बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुली पुगेको छ ।

शुक्रबार बिहानै सिन्धुलीस्थित कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको उनको आश्रममा पुगेको प्रहरी टोली पुगेपनि उनलाई फेला पार्न भने असफल भएको छ। उनको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको थियो । बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएको यो पहिलो पटक हो ।

बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?