झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा गत सोमबार राति भएको हत्यामा संलग्न दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चारपानेकै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादव रहेका छन्।
प्रहरीका अनुसार हत्या गरिएका भारतीय नागरिक सुवान शेख र उनका दुई साथीबीच मादक पदार्थ सेवन गरि एक आपसमा झगडा शुरु भएको थियो ।
शेखले दुवै जना साथीलाई गाली गलौज गरेपछि उनीहरुबीच झगडाले उग्र रुप लिएको थियो । विवादका क्रममा चौधरीले शेखलाई लडाएर ढुङ्गाले हिर्काउँदै अचेत बनाएका थिए । उनीहरुले आफूहरुलाई गाली गरेको सम्झिँदै चक्कु ल्याएर शेखको सम्वेदनशील अङ्ग काटिदिएपछि घिसारेर लगेर परालले छोपेर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
हत्यामा संलग्न दुवै जना सेखाका साथी हुन् । पक्राउ परेका चौधरी र यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि
झापाको चारपानेमा पुरुषको हत्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया