हिउँ खेल्न जाँदा नबिर्सनुहोस् यी सामाग्री

काठमाडौं – कहिल्यै नजिकबाट हिउँ स्पर्श नगर्नेहरुके लागि काठमाडौँ छोडेर केहि परका डाँडामा जानेबित्तिकै देखिने अनुपम हिउँका श्रृंखलाहरुले लालायित बनाउँछ । त्यसैले हिउँ खेल्न केहि पर  पुग्नेहरुको लर्को पनि उत्तिकै छ ।

अहिले देशभरको मौसम चिसो छ । काठमाडौं लगायत देशभर हिजोबाट मौसम केहि धुमिल छ । उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ छ । देशका विभिन्न भूभागमा परेको हिउँ खेल्न जानेहरुको संख्या पनि ठूलो छ । कहिल्यै नजिकबाट हिउँ छुन नपाएका शहरबासीहरु हिउँमान्छे बनाउने, हिउँ एक अर्कालाई छ्याप्ने, राम्राराम्रा पोजमा हिउँमा फोटो खिच्ने, भिडियो बनाउने, रमाउने कुराले उत्साहित हुन्छन् । पोहोर काठमाडौंबाट देखिएका डाँडाहरु हिउँले सेताम्मे बनेका थिए । चन्द्रगिरी, दामन, पालुङ, नगरकोट, फूल्चोकी, कालिञ्चोक लगायतका ठाउँहरुमा हिउँ खेल्न जानेहरु यो सिजनमा निकै हुन्छन् । के तपाई पनि हिउँ खेल्न जाने प्लानमा हुनुहुन्छ यदि हिउँ खेल्दै जाँदै हुनुहुन्छ भने यी उपायहरु अपनाउनै पर्ने हुन्छ है ?

१  चिसो नछिर्ने कपडा लगाउनुहोस् पसलमा हिउँ खेल्दा लगाउने ज्याकेटहरु पनि पाईन्छ ।

२  बाक्ला कपडा, जुत्ता, मोजा, छाता, मफलर र पञ्जा जस्ता सामाग्रीहरु बोक्न नबिर्सिनुस् ।

३  आफ्नो साथमा खानेकुराहरु बोकेर जानुस् । जुन खानेकुराले तपाईको शरिर न्यानो पारोस् ।

४  हिउँ खेल्न आफ्ना साथीभाईसँगै मिलेर जानुहोस् । किनभने चिसोका कारण तपाईलाई केहि भइहाले पनि स्याहार गर्ने अर्को कोहि होस् ।

५   हिउँ खेल्ने क्रममा कुनै अनैतिक, असामाजिक र बेपर्वाह किसीमले नखेलौँ ।

६  केहि पैसा आफ्नो साथमा बोकेर जाऔँ । एटिएम कार्ड, अरु कार्डह्रु पनि नछुटाउनुहोस् ।

७  हिउँ खेल्दा आफ्नो साथीबीचमा मात्र खेलौँ । कोहीकसैलाई, अपरीचित मान्छेलाई वा जिस्कने वहानामा गरेको क्रियाकलापले ठूलो क्षति निम्त्याउन सकछ ।

८  धेरै जाडो भयो भन्दैमा धेरै तातो खानेकुरा नखानुहोस् ।

९  हिउँ खेल्न जाने मानिसहरुले नचिप्लने जुत्ता लगाएर जानुहोस् ।

१०   चिसोबाट बच्ने लोसनर क्रिमहरुको प्रयोग गर्नुहोस् ।

११   एकैपटकमा धेरै हिउँ खेल्ने कार्य नगर्नुहोस् ।

१२   सकेसम्म पहिलोपल्ट अनुभवी मान्छेको साथमा जानुहोस् ।

१३   अत्याधिक चिसोका कारण तपाईको मोबाईलमा सम्पर्क नहुन सक्छ । परिवारसँग सम्पर्कमा रहने उपाय निकाल्नुहोस् ।

१४   हिउँ खेल्न जाँदा महँगा ज्वेलरी प्रयोग नगर्नुहोस् ।

१५   आफ्नो डिभाईसहरु, मोबाईल, चार्जर, क्यामेराको पनि जतन गर्नुहोस् ।

१६    चिसोमा खेलिसकेपछि अचानक तातोमा नबस्नुहोस् । केहि बिस्तारै तातो बनाउनु राम्रो हुन्छ ।

ज्वरो तथा रुघाखोकी धेरै ठूलो समस्या होइन भन्नेहरू पनि धेरै छन्, तर हेलचेक्र्याइँ गर्नुहुन्न । यसले मानिसमा ठूलो समस्या पैदा गर्न सक्दछ ।

बच्ने उपायहरु : 

पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ । ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्ने गरौँ ।

खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गरौँ ।साबुन पानीले मिचीमिची हात धुने गरौँ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।

अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ । शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौँ । सकेसम्म अन्य व्यक्तिहरूसँग हात नमिलाऔँ ।

ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।

अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ । नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गरौँ । जोर्नीको दुखाइ,चिसो  (मौसमी फ्लु) घाँटीमा सुक्खापन छालामा फुस्रोपना हृदयाघात जस्ता समस्या देखिन सक्छ ।

चिसोमा यी रोगहरुबाट बच्नुहोस् । 

देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ । यस मौसममा फोक्सोसम्बन्धि रोगको जोखिम बढी हुन्छ । जाडो याममा छिट्टै श्वासप्रश्वासको समस्या र छातीमा संक्रमण हुने भएकाले निमोनिया, दम आदिजस्ता रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा.निरज बमका अनुसार शिक्षण अस्पताल नेपालमै सबैभन्दा बढी शैंया भएको अस्पताल हो र यहाँ भर्ना हुने बिरामीमध्ये सबैभन्दा बढी बिरामीहरु दम या फोक्सोका रोगी छन् । यसै त प्रदूषणले दपेटेको काठमाडौंमा झन् चिसो बढ्दै गएको हुनाले निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोगका बारेमा सबैजना सतर्क हुनु आवश्यक भएको उनी बताउँछन् ।

के हो निमोनिया ?

निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । यो रुघाखोकी बिग्रेर हुन्छ ।

श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र पस्ने ब्याक्टेरिया, भाइरस, फंगस गरी विशेष तीन जीवाणुले फोक्सोमा संक्रमण गर्छ जसकारण खोकी लाग्ने, ज्वरो आउने, छाती दुख्ने, घ्यारघ्यार हुने जस्ता समस्या देखापर्छन् ।

‘हाम्रो फोक्सोको अन्तिम बिन्दूमा हेर्दा अङ्गुरका गुच्छाजस्ता देखिने लाखौं ‘अल्भिओलाइ’हरु हुन्छन् जसमा ती तीन किसिमका जीवाणुहरुले संक्रमण गर्छन्,’ डा.बम भन्छन्, ‘ती गुच्छामा पीप, पानी, रगत भरिन्छ र निमोनिया हुन्छ ।’

उनका अनुसार ५ वर्षभन्दा मुनिका बालबालिका र ५०,६० वर्षमाथिका वृद्धवृद्धाहरुमा यस रोगको जोखिम बढी हुन्छ किनकी उनीहरुमा रोगसँग लड्ने क्षमता कम हुन्छ । ‘विशेष गरी मधुमेह, मृगौलारोग, कुपोषण, एड्स भएका वा मध्यपान, धुम्रपान गर्ने व्यक्तिहरुलाई यसको प्रकोप बढी हुन्छ,’ डा. बम अगाडि थप्छन्,‘किनकी उनीहरुसँग रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ ।’

यसका अतिरिक्त अत्याधिक चिसो र पौष्टिक आहारको कमीले गर्दा पनि यो रोगबाट संक्रमित हुनसक्ने बताउँछन् उनी ।

के हो दम ?

दमलाई अङ्ग्रेजीमा आस्थमा पनि भनिन्छ । यो श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । यो रोगबाट ग्रसित हुँदा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन् जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वासप्रश्वास नलीमा वाधा उत्पन्न गराउँछ र सास फेर्न अप्ठेरो महसुस हुन्छ । खोकी लाग्ने, स्वाँ स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षणले दम भएको संकेत गर्ने डा.बम बताउँछन् ।

वातावरणीय प्रदुषण, धुवाँधुलो, चिसो तथा लामो समयसम्म केही कुराको एलर्जी भइरह्यो भनेपनि व्यक्तिमा दमको जोखिम बढी हुन्छ । घाँटी खसखसाउने, खोकी लाग्ने, हाछ्युँ आउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पातलो सिगान बग्ने, स्वाँ स्वाँ हुने, सास फेर्न कठिनाइ हुने आदिजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको अस्पताल जाने वा चिकित्सकसँग सल्लाह लिइहाल्ने सुझाव दिन्छन् डा. निरज बम । ‘सामान्य रुघाखोकी हो भन्दै आफ्नो मनखुसीले दबाइ किनेर खाने बानी नराम्रो हो, हेलचेक्राइ गर्नैहुँदैन,’ उनी सुझाउँछन् ।

‘काठमाडौं अझै बढी जोखिममा’

चारैतिर पहाड, डाँडाकाँडा भएकाले काठमाडौंको भूसंरचना कचौराजस्तो छ जसकारण प्रदूषित हावा डाँडा काटेर जान नपाउने र यहीँ जम्मा भएर बस्ने बताउँछन् डा. बम । सफा, सुरक्षित वातावरण हुनलाई विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम आँकडा भन्दा २५ गुना प्रदूषित काठमाडौं ।

‘ईटा भट्टा, थोत्रा सवारी साधन, निर्माण कार्य आदिबाट उत्पादन हुने १० पिएम साइजका धुवाँ धेरै छ काठमाडौंमा,’ उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनअनुसार यहाँ सास फेर्नु भनेको चुरोट सेवान गर्नु बराबर हो ।’ त्यसैले काठमाडौंमा फोक्सोसम्बन्धि रोगको अझै बढी जोखिम छ । फेरि, हिन्दू परम्पराअनुसार बिहानै पूजा गर्नुअघि वृद्धवृद्धाहरु चिसो पानीमै नुहाउँछन् जसले उनीहरुलाई थप जोखिममा पार्छ ।

रसिलो फलफूलले चिसो लागेर फोक्सोमा असर गर्छ ?

डा.बम भन्नुहुन्छ, ‘गर्दैन । यो मौसममा सन्तला, ज्युनार, भोगटे आदिजस्ता रसिला फलहरु फल्छन् । तिनको सेवनले चिसो लाग्ने, फोक्सोमै असर गर्ने भन्ने हुँदैन । हामी त झन् ताजा फलफूल र सागसब्जीको अत्याधिक सेवन गर्नुपर्छ भन्ने सल्लाह दिन्छौं । फ्रिजमा राखेको फलफूलहरु चाहिँ नखाएकै राम्रो । फलफूल मात्र होइन जाडो महिनामा सकेसम्म फ्रिजमा राखिएको केही पनि नखाएकै राम्रो ।

कसरी बच्ने फोक्सोसम्बन्धि रोगबाट ?

त्रि.वि शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा.निरज बमका अनुसार निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोग लाग्न नदिने उपायहरु यसप्रकार छन् :

चिसोबाट बच्ने

मध्यपान, धुम्रपान त्याग्ने

धुवाँधुलोबाट सकेसम्म टाढा रहने

शारीरिक सरसफाइमा ध्यान दिने

खाना खानु अघि साबुनपानीले राम्रोसँग हात धुने

प्रदूषित ठाउँमा बस्नेहरुले मास्कको प्रयोग गर्ने । साधारण मास्कभन्दा एन ९५, एन ९९ नामको मास्कको प्रयोग गर्ने

हाइ प्रोटिन डाइट सेवन गर्ने

फोक्सोका लागि छुट्टै व्यायामहरु छन् त्यसको अभ्यास गर्ने

बालबालिकाका निम्ति सरकारले सुझाएको सबै खोपहरु समयमै दिने

चिसोबाट बच्न के गर्ने ?
तपाई चिसोबाट बच्न भान्छाको सामान्य चीजहरुपनि प्रयोग गर्न सक्नुहुन्छ ।
तील,दालचीनी,लसुन,अदुवा, मनतातो पानी, जीरा ज्वानो, मेथी, बत्तिसा धुलो आदी प्रयोग गर्न सक्नुहुन्छ ।

अरु के गर्ने ?
पर्याप्त न्यानो कपडा लगाउने

मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम नगर्ने
नियमित शारीरिक व्यायाम गर्ने

सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

छालाको सुरक्षामा ध्यान दिनुपर्छ ।

बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

स्वस्थ आहारव्यहार गर्ने

कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यसैबीच सर्वसाधारणको अत्याधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको हुँदा मनिङ वाक नगर्न चिकित्सकले भनेका छन् ।

रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ! 
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक ! 
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा
36.उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा यस्तोसम्म फाइदा
37. होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित)
38. दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
39.कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्
40.‘प्रेसर लो’ भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
41.यौ न सम्पर्क बाटै निको हुन्छन् यी ५ रोग ! 
42. यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
43. विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
44.यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस्
45.शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
46. प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ
47.तपाईंलाई याद छ विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
48.यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउन सक्दैनन्
49.हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ
50. किन दुख्छ कम्मर यस्तो छ उपचार विधि
51.तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
52. होसीयार खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
53. प्रेसर जाँच गर्दै हुनुहुन्छ जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
54. यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
55. सावधान यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
56. यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
57.लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ जानी राखौं
58.यौ न सम्प र्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
59. हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
60. यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
61. यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
62. कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ जान्नुहोस्
63. यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की ! 
64. नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
65. नियमित शारिरीक सम्पर्क डिप्रेसन गायब, यस्ता फाईदा
66. ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ होशियार ज्यानै जाला
67. यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
68. बिहेअघि नै यौनसम्पर्क भए नभएको थाहा हुन्छ कि हुँदैन जान्नुहोस्
69.महिलाले सधैं गोप्य राख्छन् यी ७ कुरा, ती के हुन् थाहा पाइराख्नुस्
70.कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ‘ (थाहा पाउनैपर्ने टिप्स )
71.सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा
72.तपाई पोर्न फिल्म हेर्नुहुन्छ होसियार !  यस्तो समस्या आइलाग्ला
73.पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन् ‘यसरी प्रयोग गर्नुहोस्’ )
74. उमेर छँदै बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला
75. वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
76.के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ अपनाउनुस् यी घरेलु उपाय
77.पुजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती , धर्म हैन पाप लाग्ला ! 
78. बच्चाको उमेर अनुसारको उचाइ र तौल कति हुनुपर्छ ? जानी राखौं
79.तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
80. तपाईंको बेडमा यी कुरा मिलेका छन् ?
81. कुन अंग फर्फराउँदा के हुन्छ ? जानी राखौं
82.के तपाईलाई रिँगटा लाग्छ ? सावधान ! गम्भीर रोगको संकेत हुनसक्छ
83.कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका
84.यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्
85.रक्सी खाएपछि के खाने, के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा
86.के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज
87.सावधान !जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र….
88.तपाईको तौल कति छ ? जान्नुहोस् उमेर अनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित)
89. सावधान !  यी ९ खानेकुरा धेरै खानाले तालु खुइलिन्छ !
90. यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् !
91. रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?