सेञ्चुरी बैंकद्वारा ६ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालनक समितिको ३०३औं बैठकले ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

हाल बैंकको ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार चुक्ता पुँजी रहेको छ । बैंकले त्यसैबाट बोनस शेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो । जस अनुसार चुक्ता पूँजीको ४।७५ प्रतिशतका दरले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार रुपैयाँ नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गरेको छ । भने २ प्रतिशत बारबर हुन आउने १६ करोड ८३ हजार बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

नाफा नोक्सानको विवरण, प्रस्तावित वित्तिय विवरण तथा अन्य विवरण र अनुसूचीहरु प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?