माछा घाँटीको वारपार भएपछि घण्टौं समय लगाएर अस्पताल पुगे घाइते

इण्डोनेसियाको सुलावेसी प्रान्तको बुटोन गाउँका १६ वर्षीय मोहम्मद ईदुल माछाको हमलाले गम्भीर घाइते भएका छन् ।

ईदुलमाथि माछाले घाँटी नै छेड्ने गरी हमला गरेको थियो । अझ रोचक कुरा त के भने, माछा घाँटीको वारपार भएपछि त्यसलाई पकड्दै ईदुल आफै अस्पतालसम्म पुगेका थिए ।

ईदुल आफ्ना साथीसहित माछा मार्न नजिकैको समुन्द्र किनारमा पुगेको वेला ७५ सेन्टिमिटर लामो निडल माछाले ईदुलको घाटीमा हमला गर्‍यो । निडल माछाको चुच्चो मुख ईदुलको गर्धनको वारपार भयो ।

हमलापछि तत्कालै स्थानीय अस्पताल पुगेका ईदसललाई उपचारको पर्याप्त साधन नभएको भन्दै अर्कै अस्पतालमा रेफर गरियो ।

अर्को अस्पताल पुग्न इदुललाइ डेढ घण्टा लाग्यो । अन्ततः चिकित्सकले शल्यक्रिया मार्फत माछालाई उनको गर्धनबाट निकाले । अहिले उनको अवस्थामा केही सुधार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?