विश्वकप लिग २ : विनोद र कुशलको साझेदारीमा नेपालको सय रन पूरा

आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ सय रन पूरा गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ३० ओभरमा ५ विकेट खर्चिएर १०२ रन बनाएको हो ।

खराब ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ल र विनोद भण्डारीको साझेदारीबाट सय रन पूरा गर्न सफल भएको छ ।

मल्लले २७ रन बनाउँदा विनोद भण्डारी २५ रनमा खेलिरहेका छन् ।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, सुवास खकुरेल ३ रन, आरिफ शेख २ रन बनाएर आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भएका थिए ।

अमेरिकाले टस जितेपछि नेपालविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?