तपाईले विश्वका कैयौं अजीब रेस्टुरेन्ट वा होटलहरुको बारेमा सुन्नुभएको होला । कतै पानीभित्रै रेस्टुरेन्ट बनेका छन् कतै नाच्दै खानेकुराहरु सर्भ गरिन्छ ।
आउनुहोस् आज हामी तपाईलाई यस्तो रेस्टुरेन्टको बारेमा बताउन गइरहेका छौं जहाँ ग्राहकलाई बोल्ने अनुमति छैन । मात्र इशाराले नै खाने पिउने चीजको अर्डर दिन पाइन्छ ।
केही समयअघि मात्र चीनको ग्वांगझू नामक एक ठाउँमा खुलेको रेस्टुरेन्ट हो यो ।
यो रेस्टुरेन्टको शुरुवात स्टारबक्सले गरेको हो । यसलाई ‘साइलेन्ट क्याफे’को नाम दिइएको छ । यो चीनको एक मात्र यस्तो रेस्टुरेन्ट हो जहाँ नबोली खानाको अर्डर दिन मिल्छ ।
अझ रोचक कुरा के छ भने, यहाँ आउने ग्राहकहरु पनि नबोली नै आफ्नो अर्डर दिन्छन् ।
आफूलाई जे अर्डर दिनु छ हातको इशाराले मेनुमा देखाउने, केही मिनेटमै अर्डर तपाईको टेबलमा हाजिर हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया