थाइल्यान्डमा नरसंहार मच्चाउने सैनिकको गोली हानी हत्या

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा गोली हानेर २० जनाको हत्या गर्ने एक सैनिक जवानलाई मारिएको छ।

शनिवार नाखोन राततसिमामा भएको नरसंहारमा संलग्न सैनिकलाई गोली हानी मारिएको अन्तर्रास्ट्रिय संचारमाध्यमले जनाएको छ।
जक्राफान्थ थोम्मा नाम गरेका सैनिकले फेसबुक लाइभ गर्नै गोली चलाएका थिए।

उनले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।
सपिङ मलमा लुकेर बसेका उनलाई पछि सुरक्षाकर्मीले गोली हानी मारेका थिए। थोम्माले गोली चलाउनुको कारण स्पष्ट हुन सकेको छैन।

गोलीकाण्डमा ४२ जना घाइते भएको र २१ जना अझै अस्पतालमा उपचार गराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?