काठमाडौं । आफूलाई लिटिल बुद्द अर्थात् ‘तपस्वी’ भनि चिनाउने रामबहादुर बमजनको खोजी गर्न ७७ वटै जिल्लाका प्रहरी सक्रिय भएको छ ।
बिहीबार जिल्ला अदालत सर्लाहीले बमजनविरुद्द पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले उनको खोजी तिब्र बनाएको हो । यसअघि शुक्रबार बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारेस्थित उनको आश्रममा पुगेको थियो । तर प्रहरीले बमजनलाई त्यहाँ फेला पार्न सकेनन् ।
बलात्कार, हत्या, हिंसासम्बन्धी विभिन्न आरोप लागेका बमजन अहिले कहाँ छन्, प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।
शुक्रबार बमजनको आश्रमबाट सोधपुछका लागि त्यहाँ रहेका एक जना गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर सोधपुछपछि त्यही दिन उनलाई छाडिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुलीमा उनी नभेटिएपपिछ अहिले सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजी भइरहेको छ भने उनकाे खोजीका लागि देशका ७७ वटै जिल्लाका प्रहरीलाई सर्कुलर जारी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया