काठमाडौं । आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।
संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन्। कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूची छ ।
त्यस्तै कृषि सहरकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नेलगायत कार्यसूची छ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक २०७६’ पूताव गर्न अनुमति माग्ने र प्रसतुत गर्ने लगायतका एजेन्डा रहेको घीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।
तर, ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ ।
बिहीबार र शुक्रबार कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया