काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड तथा मौर्या होटेल प्रालिबीच सम्झौता भएको छ । बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं १३ भैरहवा, रुपन्देहीमा रहेको मौर्या होटेलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएको हो । बैंकका अनुसार भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि खातावालहरु, डेविट तथा क्रेडिट कार्ड वाहक तथा संस्थापक शेयरधनिहरुलाई सहुलियत प्रदान गर्न सम्झौता गरिएको हो ।
होटेल र बैंकबीच भएको उक्त सम्झौता अनुसार ग्राहकहरुले विभिन्न सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका डेविट तथा के्रडिट कार्ड वाहक ग्राहकहरु र संस्थापक शेयरधनीहरुले होटेलको रुम बुकिङ्ग, लौण्ड्री साथै फुड एण्ड बेभरेज लगायतका सुविधाका लागि छुट दिन लागिएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकको भैरहवा शाखाका प्रवन्धक विशाल गुप्ता तथा होटेलका तर्फबाट व्यवस्थापकिय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया