बालापनका बारेमा १५ रोचक तथ्य !

काठमाडौं । बालापन हामी जति सम्झन्छौँ त्यति नै हामीलाई रमाइलो लाग्छ । बालापन भनेको जिन्दगीको त्यस्तो समय हो जुन बेला गरेका हरेक गल्तीहरु माफी हुन्छन् ।

त्यसैले होला जीन्दगीको सबै भन्दा सुखद र रमणीय क्षण भनेर बालापनलाई लिइन्छ ।

बालापनका बारेमा १५ रोचक तथ्य

१. विश्वमा हरेक सेकेण्ड तीन बच्चाले जन्म लिन्छन् ।

२. जब बच्चा जन्मन्छन् उनीहरुको शरीरमा एउटा पनि किटाणु हुँदैन ।

३. बच्चा जन्मेको केही सातासम्म सपना देख्दैन ।

४. बच्चाको हड्डी वयस्कको भन्दा ६० वटा बढी हुन्छ ।

५. एक वयस्कले भन्दा बच्चाले तीन गुणा बढी स्वाद थाहा पाउन सक्छ ।

६. एक अनुसन्धानका अनुसार समय अवधिभन्दा पहिले जन्मने बच्चाले देब्रे हातको प्रयोग गर्छ ।

७. चीनमा हरेक ३० सेकेण्डमा एक अपांग बच्चा जन्मिन्छ ।

८. सन् १८३८ देखि १९६० को बीचमा खिचेका फोटामध्ये आधा फोटो बच्चाका मात्रै थिए ।

९. जर्मनी, डेनमार्क, आइसल्यान्ड जस्ता केही देशमा बच्चाको नाम राख्नुभन्दा पहिले नियमको पालना गर्नुपर्छ ।

१०. नवजात शिशुमा एक कपमात्र रगत हुन्छ ।

११. बच्चा जन्मिएको पाँच महिनामा तौल दुई गुणाले वृद्धि हुन्छ ।

१२. बच्चाले जन्मिएको तीन महिनासम्म ८ देखि ९ इन्च टाढाको दूरीसम्म मात्र देख्न सक्छ ।

१३. बच्चा जन्मिएको दश मिनेटपछि मस्तिस्कको विकास यति हुन्छ कि आवाज कुन दिशाबाट आएको हो थाहा पाउन सक्छ ।

१४. एउटा तीन वर्षको बच्चाको आवाज दुई सय वयस्क मान्छे बसेको रेस्टुरेन्टमा सबैभन्दा तेज हुन्छ ।
१५. एक अनुसन्धानका अनुसार आमाले बच्चाको वजनमा र पिताले उचाइमा ध्यान दिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?