काठमाडौं । बालुवाटार ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विष्फोट गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चन्द समूहका नेतासहित ७ जना पक्राउ गरेको हो । उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोर्खा स्थायी ठेगाना भएका कपिल भट्ट रहेका छन् । भट्ट गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले बताएको छ। उनिसँगै पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर भइ हाल भैसेपाटी बस्ने राजकुमार मगर रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु सबै विपल्व नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकर्ता हुन् ।
गत माघ १ गते भएको बम विस्फोटबाट पार्किङ गरेको कार र गेटमा क्षति पुगेको थियो। माघ १ गते नै बालुवाटारस्थित ललिता निवास परिसरमा पनि बम भेटिएको थियो । उक्त बम सेनाको डिस्पोजल टोलीले डिस्पोट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया