काठमाडौँ । सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमती हत्या प्रयास भएको छ । कार्कीको श्रीमतीसहित उनको कामदार सानेपास्थित निवासमा मृत फेला परेका हुन् ।
उनको श्रीमती मुना कार्की घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेको छ ।
त्यस्तै कामदार विजय चौधरीको शव पनि फेला परेको छ । विजयको घर दाङ हो । उनि कार्कीको घरमा काम गर्थे । मुनाको हत्या प्रयास गरि विजयले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
उनको शवका कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको भेटिएको प्रहरीले जनाएको छ ।
कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा यस्तो अवस्थामा फेला पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया