काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् ।
वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए ।
प्रहरीका अनुसार ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ । पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन् ।
प्रहरीका उनुसार उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ । त्यसपछि उनीमाथि थप कारवाही प्रक्रिया सुरु हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया