अचेत अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीको श्रीमतीको अस्पतालमा मृत्यु

काठमाडौं । आफ्नै निवासमा अचेत अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुनाको अस्पतालमा मृत्यु भएको छ ।

सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । मुनाको हत्या प्रयास गरि विजयले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?