सिटिजन्स बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि अनुमति पाएको छ । बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० दशमलव २५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने अनुमती पाएको हो । साथै उक्त ऋणपत्र १० वर्ष अवधिको हुने बैंकले जनाएको छ ।

कुल निष्काशन गर्न लागिएको मध्ये १ अर्ब सर्वसाधारणको लागि तथा बाँकि रहेको १ अर्ब ५० करोड बराबर आफैँले बिक्रि गर्न लागेको हो । भने उक्त ऋणपत्र निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ ।

बोर्डबाट अनुमति पाएसँगै केही दिनमा सार्वजनिक निष्काशन गर्ने बैंकले जनाएको छ । साथै राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले दीर्घकालिन कोष व्यवस्थापनका लागि ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?