वैज्ञानिकले फेला पारे ७ वर्षदेखि केहि नखाई बाँचिरहेका अनौठो जीव !

काठमाडौं । संसारमा बिभिन्न प्रकारका जीवहरु छन् । त्यसमध्ये पनि केहि जनावरहरु बिना खानपिन नै वर्षौसम्म बाँच्न सक्दछन् । तिनै दुर्लभ जीव मध्येको एक हो सलामान्डर ।

पानी भित्र भएका गुफाहरुमा बस्ने यो जीव वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वैज्ञानिकहरुले दक्षिण पूर्व युरोपको बोस्निया तथा हजैगोविनामा फेला पारेका हुन् ।

वैज्ञानिकहरुले त्यहाँको पानीमा यो जीव मृत अवस्थामा फेला पारेका थिए । तर परिक्षणका क्रममा जीव जिउँदो रहेको पत्ता लागेको छ ।

वैज्ञानिकहरुका अनुसार यो जीव बितेका ७ वर्षयता बिना खानपिन हिलो जमिनमा रहेको थियो । त्यसैले वैज्ञानिकहरुले उक्त जीवलाई मरेको भन्ने ठानेका थिए । तर परिक्षणका क्रममा उक्त जीव जिउँदो फेला परेको हो ।

सलामान्डर नामक यो जीव आफ्नो पूरा जीवन पानी भित्र बिताउँछ । साथै यो जीवको १०० वर्षसम्म बाँचन सक्छ । सलामान्डर केहि वर्षसम्म एउटै जग्गामा बस्न सक्दछ ।

यो जीवले एउटा ठाउँमा बसिसकेपछि लगभग १२ वर्ष पछि मात्र ठाउँ सर्छ । त्यो पनि कोहि साथीको आवस्येक परेको खण्डमा मात्र । अनुसन्धान कर्ताहरुका अनुसार यो जीवको छाला र अविकसित आँखाले यसलाई अन्धो बनाउँछन् ।

त्यसैले यो जीव एक ठाउँबाट अर्काे ठाउँमा हतपत सर्दैन । हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्युडिट बोरोसका अनुसार भारी वर्षाका कारण यो जीव गुफाबाट बगेर बाहिर आएपछि मात्र हामी यो जीवलाई देख्न सक्दछौँ ।

यो जीवलाई हेर्नको लागि हामीले समुन्द्र भित्रको गुफामा जानुपर्छ । यो जीव समुन्द्रको धेरै गहिराईमा गुफा भित्र बस्ने गर्दछ ।

यो जनावर धेरै खाँदैन तर धेरै भोक लागेपछि यो समुन्द्रका किराहरुलाई आफ्नो आहार बनाउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?