काठमाडौं । नविल बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकको दोस्रो त्रैमासिक अर्थात पुस मसान्तसम्मको अवधिमा ६ दशमलव २० प्रतिशतले नाफा घटेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार खुद नाफा कमाएको थियो । भने बैंकले चालू आवको ६ महिनाको अवधिमा ४ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ कमाएको छ ।
बैंकले अघिल्लो आवको तुलनमा निक्षेप तथा कर्जा दुबै वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा बृद्धि गरि निक्षेप १ खर्ब ६४ अर्व पुर्याएको छ भने कर्जा १ खर्ब ४१ अर्ब रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकको कर्जा लगानीमा उच्च बृद्धिदर तथा निक्षेपमा सामान्य बृद्धि भएकाले सीसीडी अनुपात अघिल्लो आवको भन्दा कम भएको छ । जसका कारण सीसीडि अनुपात ७७ दशमलव २८ प्रतिशतले झरेको छ । साथै यस अवधिमा पूँजीकोष अनुपात ११ दशमलव ५२ प्रतिशत रहेको छ । साथै आवको अन्तिममा यस्तो अनुपात १३ प्रतिशत पुर्याउनुपर्ने हुन्छ ।
त्यस्तै यस अवधिमा बैंकले ८ अर्ब १४ करोड व्याज आम्दानी गरेको छ । भने ४ अर्ब ६९ करोड व्याज खर्च गरेको छ । भने गैरव्याज तर्फ २८ करोड ५१ लाख रुपैयाँ आम्दानी तथा ४ करोड ४५ लाख रुपैयाँ खर्च गरिएको पाइएको छ । त्यस्तै यस अवधिमा बैंकको सञ्चालन खर्च ४३ करोड रुपैयाँ रहेको छ । भने कर्मचारी खर्च १ अर्ब ७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
साथै बैंकका अनुसार यस अवधिमा बैंकको कस्ट अफ फण्ड ६ दशमलव शुन्य २ प्रतिशत, बेसरेट ८ दशमलव १० प्रतिशत तथा स्प्रेडदर ४ दशमलव ९९ प्रतिशत रहेको छ । भने निष्क्रिय कर्जा अनुपात केही बृद्धि हुँदा खराव कर्जा अनुपात केही मात्रामा घटेको बैंकले जनाएको छ ।
साथै बैंकको नाफामा कमि आएपनि जगेडा कोषमा ११ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । साथै अघिल्लो आवको यहि अवधिको तुलनामा १ अर्ब २३ करोड रुपैयाँले बृद्धि गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया