काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजिपी) नियुक्त गर्ने निर्णय गरेको छ । ज्ञवाली २०४७ असार २५ बाट प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । प्युठान जिल्लाको झिम्रुक गाउँपालिका साविक बाँदीकोट गाविसमा २०२२ असोज २८ गते बुबा नारायण प्रसाद ज्ञवाली तथा स्वं.आमा सुमित्राको कोखबाट जन्म भएको हो ।
चार दाजुभाइ मध्ये माइलो छोराका रुपमा जन्मिएका उनी परिवारका छैठौं सन्तान हुन् । उनकी श्रीमती ज्ञानु ज्ञवाली हुन् । उनीहरुका एक छोरी र एक छोरा छन् । प्यूठानको बाल शिक्षा माविबाट एसएलसी उत्तींर्ण गरेका ज्ञवालीले त्रिचन्द्र कलेज काठमाडौंंबाट आइएस्सी गरेका थिए ।
त्रिचन्द्रबाट नै स्नातक तह उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अवकाश भएसँगै मन्त्रीपरिषद्को बैठकले २७ औं प्रहरी आईजीपीका रुपमा उनलाई नियुक्त गरेको हो । ज्ञवालीले ५ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । आगामी असारमा उनको पनि अनिवार्य अवकाश हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया