काठमाडौं । कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग-२ मा अमेरिकालाई ३५ रनमा रोक्दै नेपालले १६ वर्ष अगाडि श्रीलंकाले बनाएको विश्व कीर्तिमानी बराबरी गरेको छ ।
२५ अप्रिल २००५ मा श्रीलंकाले जिम्बाबेलाई ३५ रनमा रोक्दै सबैभन्दा कम योगफलमा समेटेको थियो । १५ वर्ष पछि नेपालले अमेरिकालाई १२ ओभरमै अलआउट गर्दै ३५ रनमा रोकेपछि विश्व कीर्तिमानी बनाएको हो । त्यसअघि सन् २००३ मा श्रीलंकाले नै क्यानडालाई ३६ रनमा रोकेको योगफल सबैभन्दा कम थियो ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा अकेरिका १२ ओभरमै ३५ रन बनाएर अल आउट भएको छ । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित १६ रन खर्चिएर ६ विकेट लिएका छन् । त्यस्तै सुशन भारीले ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन ४ विकेट लिएका छन् ।
त्यस्तै करण केसीले ३ओभर बलिङ गर्दै १ मेडन सहित १३ रन दिएका छन ।अमेरिका एक्स एम मारसल्लले दोहोरो अंक जोड्न बाहेक अन्य कुनेपनि खेलाडिले दोहोरो रन जोड्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया