काठमाडौं, १४ माघ । एमाले र माओवादी केन्द्रबीच आगामी केन्द्रीय र प्रदेश सरकारमा पद बाँडफाँडका विषयमा वाम गठबन्धनको कार्यदलमा छलफल हुदैछ बैठकमा ६ वटा प्रदेशका मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख तथा उपसभामुखको पद बाँडफाँडको टुंगो लगाउन वाम गठबन्धनको कार्यदलको बैठकमा छलफल चलिरहेको छ राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरेको छ कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । यसमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री भागबन्डा गर्ने प्रस्ताव गरेको छ प्रदेश ६ को मुख्यमन्त्रीका लागि दुवै पार्टीले दाबी गरेपछि टुंगो लगाउन सकस परेको छ माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ । तर एमालेले सो प्रदेशको प्रदेशसभामा एमाले एक्लै ५० प्रतिशत रहेकाले बहुमत भएको दलले मुख्यमन्त्री पाउनु ठीक हुने बताएको छ प्रदेश नम्बर १ र ३ मा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरेको छैन भने प्रदेश नम्बर ५ मा चुनावअघि नै एमालेका शंकर पोखरेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ प्रदेश नम्बर ४ मा एमालेका दुई वरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्यमन्त्रीको दौडमा रहेका छन् । प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया