काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्यलाई ६ ओभरमै पुरा गरेको छ ।
अमेरिकालाई नेपालले ८ विकेटले पराजित गरेको छ । नेपालले २ विकेटको क्षतिमा जित हात पारेको छ । सुवास खकुरेल सुन्य रनमा आउट भएमा थिए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा बोल्ड आउट भएका थिए । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पहिला खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो ।
यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो । ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया