सन्दीप नेपालबाट ओडिआईमा ६ विकेट लिने पहिलो खेलाडी

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

टियु क्रिकेट मैदानमा अहिले भर्इरहेको आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्धको खेलमा ६ विकेट लिएर कीर्तिमानी बनाएका हुन् ।

अमेरिकासँग भईरहेको खेलमा सन्दीपले घातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरेका हुन् । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन ओभर सहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

गत वर्ष भएको खेलमा नेपालका सोमपाल कामीले यूएई टुरको दोस्रो खेलमा ५ विकेट लिएका थिए ।

सन्दीप ६तथा सुशनले ४ विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा सिमित गरेको थियो । ओडीआई क्रिकेट इतिहासमा यो विश्वकै सबैभन्दा कम स्कोरको खेल हो ।

यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई १८.४ ओभरमा ३५ रनमा अलआउट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?