आईजीपी ज्ञवालीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुरप्रसाद ज्ञवालीले गृह सचिव महेश्वर न्यौपानेद्वारा दर्ज्यानी चिह्न लगाएका छन् ।

नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा अनुसार न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिह्न लगाईदिएका हुन् ।

आईजीपी सर्वेन्द्र खनालको मंगलबार अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?