काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्स विश्वका दोश्रो धनी व्यक्ति हुन् । उनका दुई हस्ताक्षरहरू छन् र उनी दुवैको प्रयोग गर्छन् ।
अमेरिकी आर्थिक पत्रिका ‘विजनेश इन्साईडर’ले गेट्सका दुवै हस्ताक्षरको विश्लेषण यसरी गरेको छ ।
पहिलो हस्ताक्षर
हस्ताक्षरमा जुन तरिकाले ‘टि’ लेखिएको छ त्यसले गेट्स निर्धक्क छन् भन्ने बुझिन्छ, त्यसमा बनेको खुल्ला लुप (अक्षर लेख्दा बन्ने आकृति) ले उनी आफ्नो आलोचनाप्रति ज्यादै संवेदनशील रहेको भन्ने बुझाउँछ ।
बन्द गरिएका अङ्ग्रेजी ‘एल’ टाढाको कुरालई आश गरेर बस्ने प्रवृतिको मानिस हैन भन्ने स्पष्ट पार्छ । उनको हस्ताक्षरले आफ्नो वरिपरि भएको वास्तविक घटनालाई सुक्ष्म रूपमा विश्लेषण गर्न सक्ने मानिसको रूपमा पनि चिनाउँछ ।
दोस्रो हस्ताक्षर
कुनै पनि हस्ताक्षर जसमा क्रमशः आफ्नो औपचारिक नाम र थरसँगै रोमन अक्षर सङ्ख्या तीन लेखिएको हुन्छ । त्यसले मानिस सामाजिक मान्यता र परम्परालाई शिरोधार्य गर्छ भन्ने कुरा बुझ्न सकिन्छ । साथै कर्तव्यनिष्ठ र आफ्नो जिम्मेवारी पूरा गर्ने स्वभाव भएको व्यक्ति भन्ने जनाउँछ ।
विल गेटस्का दुवै हस्ताक्षरहरूमा सबै अक्षरहरु स्पष्ट छन् । त्यसैले उनी एकदम नै सत्यवान् भएको पुष्टि गर्छ । हस्ताक्षरमा ‘टि’ अक्षर लेख्न दिइनुपर्ने तेर्सो धर्साहरू माथि कोरिएका छन्, जसले उनी उच्च लक्ष्य राख्ने मानिस भनेर बुझाउँछ ।
दुवै ‘टि’ अक्षरहरूको लेखाईले उनलाई दृढ ईच्छाशक्ति भएको मानिसका रूपमा चिनाउँछ । गेट्सलाई कडा परिश्रममा विश्वास राख्ने मानिसको रूपमा चिन्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया