काठमाडौं । विवाहपछि हनिमुन जाने चलन आजकाल सामान्य भइसकेको छ । खासमा हनिमुन शब्दको उत्पत्ति कसरी भयो यो बारेमा कतिपयलाई थाहा नहुन पनि सक्छ ।
बास्तवमा हनिमुनको अर्थ के हो त ? यसबारेमा हामी तपाईहरुलाई जानकारी दिनेछौँ । ‘हनी’को अर्थ ‘मधुरता’ र ‘मुन’को अर्थ भने ‘बदलिँदै गरेको समय’ भन्ने बुझिन्छ । हनिमुन शब्दको पहिलो प्रयोग भने १६ औँ शताब्दीमा रिचर्ड ह्युलोटले गरेको इतिहास रहेको छ ।
वर्ल्डवाइड वड्र्स वेबसाइटका अनुसार ह्युलोटले पहिलोपटक हनिमुन शब्दको प्रयोग गरे पनि कसैले भने हनिमुनको सुरुवात ४००० वर्ष पहिला बेबीलोनबाट भएको भएको बताउँने गरेका छन् । उक्त समयमा बेबीलोनमा नव विवाहित जोडी विशेष प्रकारको मदिरा पिउने गर्दथे ।
समयक्रमसँगै यो शब्दको प्रयोग हुँदै र व्यवहारमा पनि लागू हुन थालेपछि युरोपियन देशमा यसको प्रयोग नवविवाहित जोडीले विवाहहेपछि कतै घुमघामका लागि निस्किएर गर्न थालेको इतिहास भेटिन्छ ।
अहिले यो कुरा पश्चिमा देशहरुमा मात्रै नभएर अधिकांश ठाउँमा चलि आएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया