काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनु पर्ने माग गर्दै रिट दायर भएको छ ।
उक्त प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईसमेत जोडिएको आरोपसहित भ्रष्टाचारमा उन्मुक्ति दिन नहुने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णय भन्दै उनीहरूविरुद्ध भने मुद्दा दायर गरेको थिएन।
अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानूनी हुने रिटमा दाबी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया