काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा १३ जना नेपाली र १ भारतीय नागरिक पुरिएका छन् । कुवेतका सञ्चारमाध्यमका अनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ।
कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ।
१३ नेपाली र एक भारतीय खानीमा पसेका उनीहरुको त्यहीँ पुरिएको अरब टाइम्सले जनाएको छ ।
नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको बताइएको छ । उक्त दुर्घटनामा कति संख्यामा कामदार परेका छन् भन्ने कुवेतले सार्वजनीक गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया