काठमाडौं – सरकारले शिशिरकुमार ढुंगानालाई अर्थसचिवमा पदस्थापना गरेको छ। माघ २२ मा अर्थसचिव राजनखनाल सेवानिवृत्त भएपछि ढुंगानालाई नियुक्त गरिएको हो। ढुंगाना यसअघि राजस्व सचिवका रूपमा अर्थ मन्त्रालयमा कार्यरत थिए। ढुंगाना कात्तिकको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालयमा राजस्व सचिवका रूपमा भित्रिएका थिए।
राजस्व प्रशासनमा लामो समय काम गरेका ढुंगानाले आन्तरिक राजस्व विभाग (१ नम्बर कर कार्यालय), राजस्व अनुसन्धान विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, भन्सार विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै एक वर्ष काम गरेका उनी त्यसअघि राजस्व सचिवकै रूपमा कार्यरत थिए।
भन्सारको महानिर्देशक छँदा सचिव बढुवा भएका उनले छोटो समय सुदूर पश्चिमाञ्चलमा क्षेत्रीय प्रशासकका रूपमा काम गरेका थिए। त्यसपछि राजस्व सचिवमा उनको पदस्थापना भएको थियो। लामो समय अर्थ मन्त्रालय मातहत काम गरेका उनलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया