चितेत्सु संसारकै सबैभन्दा लामो समयसम्म बाँच्ने जीवित व्यक्ति, वर्ल्ड रेकर्डमा नाम दर्ता

काठमाडौं । जापानका चितेत्सु वतनाबे विश्वकै सबैभन्दा धेरै उमेरसम्म बाँच्ने जीवित पुरुष बनेका छन् । १२ फेब्रुअरी सन् २०२० मा उनी ११२ वर्ष ३४४ दिनका पुगेका छन् ।

चितेत्सुको जन्म मार्च ५ सन् १९०७ मा भएको थियो । गिनिज वर्ल्ड रेकर्डले बुधवार उनलाई उनकै घरमा गएर सर्टिफिकेट दिएको छ ।

चितेत्सु ८ छोराछोरीका बुबा हुन् । उनी एक किसान हुन् । परिवारका सदस्यहरुका अनुसार उनी कहिल्यै पनि रिसाउँदैनन् ।

साथै ठूलो आवाजमा कुराकानी गर्दछन् । सधै मुस्कुराउँछन् । उनी एग्रीकल्चर ग्रेजुएशन पछि ताइवान गए र त्यहाँ किसानी पेशामा आबद्ध भए ।

ताइवानमा उनी बच्चा र पत्नीसँग १८ वर्ष बसेका थिए । त्यसपछि द्वितीय विश्वयुद्धमा उनले सेनामा काम गरेका थिए । त्यसपछि नीगिता फर्किएर सरकारी अफिसमा रिटामेन्ट हुन्जेलसम्म काम गरेका थिए ।

त्यो बेला उनले शब्जी तथा फल उमार्ने गर्दथे । यो भन्दा पहिला पनि जापानकै पुरुष मासाजो नोनाको नाममा धेरै समय बाँच्ने विश्व किर्तीमानी थियो ।

उनको १२ जुन सन् २०१३ मा निधन भएको थियो त्यो बेला उनको उमेर ११३ वर्ष ५४ दिनको थियो । उनी जापानकी केन तनाका भन्दा ४ वर्ष साना थिए ।

अहिले तनाका संसारभरिमै लामो समयसम्म बाँच्ने जीवित महिला हुन् । उनको उमेर ११७ वर्ष रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?