प्रशासन भन्छः तारेखमा छुटे, आफु प्रशासन कार्यालय नगएको दुर्गा प्रसाईंको जिकिर

काठमाडौं । झापाको बिएण्ड सी अस्पताल सञ्चालक दुर्गा प्रसाईं तारेखमा छुटेका छन् । प्रसाईं विरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेको थियो। त्यससँगै प्रसाई परार रहेका थिए । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बिहीबार प्रसाईं आफैं प्रशासन कार्यालय पुगेका थिए । जिल्ला प्रशासन कार्यालय भक्तपुर उपस्थित भएर तारेखमा छुटेको हुन् ।

प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै पुस २९ गते प्रसाईंविरूद्ध मुद्दा दिएका थिए । उजुरी परेसँगै प्रहरीले प्रशासन कार्यालयमा प्रसाईंलाई पक्रन अनुमति मागेको थियो। गिरीले प्रसाईंविरूद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दायर गरेका थिए।

प्रसाईंले बिएन्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए।

तर प्रसाईंले आफू बिहीबार भक्तपुर प्रशासन नगएको दाबी गरेका छन् । साथै आफु प्रशासन गएको कुरा झुट रहेको समेत बताएका छन् । आफू विरुद्ध वारेन्ट समेत जारी नभएको प्रसाईको धारणा रहेको छ । त्यस्तै आफुले पक्राउ पूर्जी पनि नपाएको र फरार पनि नरहेको प्रसाईंको जिकिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?