काठमाडौं । भ्यालेनटाइन डे प्रेमको उत्सव हो । प्रेमील जोडिहरुका लागि यो दिन महत्वपूर्ण दिन पनि हो ।
यो दिन प्रेमको प्रस्ताव तथा उपहार दिनका लागि युवापुस्ताहरु धेरै उत्सुक हुने गर्दछन् । तर विद्वानहरुले कसरी गरेका छन् त प्रेमको परिभाषा ? यसबारेमा
जानिराखौँ यी २४ महान् विद्वानहरुका प्रेमका परिभाषा
१. गौतम बुद्ध
प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुसी हो ।
२.जर्ज सेन्ड
प्रसन्नता नै केवल सद्गुण हो, न्याय नै पूजनीय हो,मानवता नै धर्म र प्रैम नै पूजारी हो ।
३. आरजी इंगरसोल
प्रेम भन्दा मृत्यु धेरै बलवान छ, मृत्यु जीवन भन्दा पनि बलवान छ, तर यो जान्दा जान्दै पनि मानिस मानिसकाबीचमा संकुचित भावनाहरु छन् ।
४. खलिल जिब्रान
प्रेमले जीवनमा ताजापन ल्याउँछ ।
५. हेलन केलर
प्रेमले कहिल्यै दावा गर्दैन, प्रेमले मात्र दिइरहन्छ, प्रेम हमेसा कष्ट मात्रै सहन्छ,न त कहिल्यै अल्झिन्छ नत कहिल्यै बदलिन्छ ।
६. महात्मा गान्धी
प्रेमले बलिदान सिकाउँछ हिसाब सिकाउँदैन,प्रेमले मस्तिष्कलाई होइन, हृदयलाई छुन्छ ।
७. अज्ञात
सबै प्रेम परिवर्तनशील छ त्यसैले तपाई जहिल्यै प्रेममा रहन सक्नुहुन्छ ।
८. जुली एन्ट्रुज
एक्लै जन्मिए,एक्लै हुर्किए र एक्लै मर्नुपर्छ,तर प्रेम र साथीको माध्यामबाट मात्र हामी एक्लै छैनौँ भन्ने भ्रम पाउँन सकिन्छ ।
९. आरसन् वेल्यास
प्रेम भनेको एउटा पिन्जडा हो,जहाँ प्रकाश मात्र देखिन्छ तर छाया देखिँदैन ।
१०. पाउलो कोएलो
प्रेम एउटा दान हो, भिक्षा होइन । प्रेम माग होइन, भेट हो । प्रेम भिखारी होइन,सम्राट हो । जो माग्छ र जसले बाँड्छ त्यसलाई प्रेम मिल्छ ।
११. ओशो
अन्तिमसम्मै गहिरिएर प्रेम गर्नु भनेको पागलपन हो ।
१२. एफ. सेगन
“कबीरा यह घर प्रेम का, खालाका घर नाही, सिस उतारे हात धर, सो पसे घर माही” ।
१३. सराह डेसेन
साँचो प्रेम ठाउँ र समय हेरेर गरिँदैन, यो त आकस्मिक रुपमा स्पन्दनशील हुन्छ ।
१४. जीके चेस्टरसन
प्रेमको बाटोले कुनै चीज पाएको अनुभूति गराउँछ ।
१५. सुदर्शन
बल र शक्तिको आज्ञा टार्न सजिलो छैन,तर प्रेमको आज्ञा टार्न सजिलो छ ।
१६. थोमस रोबर्ट डेवर
भावनाको प्रेम सागर चारैतिरबाट व्ययले घेरिएको हुन्छ ।
१७. एरिक फ्रम
मानव अस्तित्वको समस्याको सन्तोषजनक र समझदारीले भरिएको जवाफ मात्र प्रेम हो ।
१८. डोरोथी पार्कर
प्रेम हातमा राखेको खाली पाना जस्तै हो, पानी नहालुन्जेल ठीक हुन्छ र पानी हालेपछि सकिन्छ ।
१९. कार्ल युंग
दुई व्यक्तिहरुको भेट, दुई रसायनिक पदार्थ जस्तै हुन्छ, कुनै पनि प्रतिक्रियाले दुबैलाई परिवर्तन गर्दछ ।
२०. बायरन
पुरुषको प्रेम उसको जीवनकै फरक वस्तु हो,तर नारीका लागि प्रेम उसको सारा जीवन हो ।
२१. भवभूति उ.
केहि भित्री कारणले नै पदार्थलाई परस्पर मिलाउँछ,बाहिरी गुणमा प्रीति आश्रीत हुँदैन ।
२२. सिनक्लेर बी फर्ग्युसुन
प्रेम संवेदनाभन्दा धेरै केहि होइन,तर प्रेम प्रतिबद्धता भन्दा धेरै ठूलो छ ।
२३. विल स्मिथ
सुन्नु, बोल्नु, प्रार्थना, दिनु, बाँड्नु, माफी, विश्वास, कसम, आनन्द र जवाफ प्रेमका १० माध्याम हुन् ।
२४. हरिभाउ उपाध्याय
जहाँ प्रेमको फल दुख भईरहेको देखिन्छ, त्यहाँ आशक्ति छ भन्ने बुझ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया