काठमाडौँ । कुबेतको निर्माण क्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाउने ६ नेपालीमध्ये ४ जनाको सनाखत भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा सिरहाका गङ्गाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।
दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् ।
उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत रहेके दूतावासको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया