विवादास्पद मेडिकल सञ्चालक प्रसाई अदालतमा हाजिर

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर हाजिर भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज हाजिर भएका प्रसाईंलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बयान सकेर साधारण तारिखमा छाड्न आदेश दिएपछि प्रसाई छुटेको कार्यालयले जानकारी दिएको छ । गत माघ २ गते अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रशासनले हाजिर भएलगत्तै तारिखमा छाडेको छ ।

प्रजिअ पाण्डेले प्रसाईको अन्तिम निर्णय नभएसम्मका लागि साधारण तारिखमा छाडिएको जानकारी दिए । उनी आफ्ना गतिविधिले बेलाबेला विवादमा आइरहन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?