पेरुको ट्याँङकर दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँङकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँङकर बिस्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

तिब्र गतिमा दौडेको ट्याँङकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । बिस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो ।

सरकारी वकीलहरुले ट्याँङकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?