काठमाडौँ, १४ माघ – नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करोड कृषकलाई भुक्तानी गरिने जानकारी दिनुभयो उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारतलगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् गत वर्ष उखुप्रति क्विन्टल रु ५३१ कायम गरिएको संघले जनाएको भए पनि कृषकले रु प्रतिक्विन्टल रु ४६६ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुरलाई रोजगारीमा संलग्न रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया