स्पेन (बीबीसी)– एउटा यस्तो छ अनौठो टापू छ जसले हरेक ६-६ महिनामा आफ्नो पहिचान फेर्छ अर्थात् अर्को हप्ता फ्रान्सले आफ्नो ३००० वर्ग मिटर क्षेत्र स्पेनलाई हस्तान्तरण गर्दैछ । त्यसको अर्को छ महिना पछि स्पेनले पनि यसै गर्नेछ विगत ३५० वर्षदेखि यो परम्परा चलिरहेको छ र विडसोआ नामक नदीले फ्रान्स र स्पेनबीच प्राकृतिक सीमाको काम गरेको छ । नदीको फ्रान्सपट्टी किनारमा हेन्दाए र स्पेनपट्टी भागमा इरुना शहर रहेको छ । यी दुई शहरका मेयरले यो टापूको स्वामित्व वर्षेनी एक अर्कामा हस्तान्तरण गर्ने गर्छन् फैसन्स नामक सो टापूको बारे स्थानियहरु समेत धेरै अनभिज्ञ देखिन्छन् । थाहा भएकाले पनि त्यहाँ हेर्न लायकको त्यस्तो केही नरहेको बताउछँन् । हुन पनि यो टापूमा कोही बस्दैन । र नदीको बिचमा रहेको यो शान्त टापू रुखहरुले भरिएको छ । यसका घाँसहरु मिलाएर काटिएको छ । र, सन् १६५९ मा यहाँ भएको एक महत्वपूर्ण ऐतिहासिक घटनाको सम्मानमा एक पूरानो स्मारक रहेको छ सो बर्ष यो टापूमा फ्रान्स र स्पेनले आफूहरु बीच रहेको लामो युद्धको अन्त्यको लागि वार्ता तीन महिना वार्ता गरे । वार्ताका लागि यो टापू छानिनुको कारण यसलाई दुवै पक्षले तटस्थ मानेका थिए । सो समय दुवैपट्टीबाट टापूमा पुग्न लागि काठको पुल बनाइएको थियो । वार्तास्थल नजिक आर्मीहरु तैनाथ गरिएका थिए । अन्तत पाइरिन्सको सन्धी नामक शान्ती सम्झौतामा हस्ताक्षर भयो । एकअर्का बीच जमिनहरु साटासाट भयो र सिमाहरु कोरिए । सो सहमतिलाई शाही विवाहले अनुमोदन गरियो । फ्रान्सको राजा लुई चौधौले स्पेनी राजा फिलिप चौथोकी छोरीसँग विवाह गरे सहमतिको एक बुदाँ यो टापूलाई दुई देशविच बाड्ने भन्ने थियो । यसका लागि टापू माथिको स्वामित्व दुई देश बीच नियमित चक्रिय रुपमा हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । वर्षको छ महिना अर्थात फेब्रुअरी १ देखि जुलाई ३१ सम्म यो स्पेनको शासनमा रहन्छ र बाँकी छ महिना फ्रान्सको । यो खालको संयुक्त सार्वभौमिकतालाई ‘कन्डोमिनियम’ भनिन्छ । फैसन्स टापू यो प्रकारको शासन रहेको सबैभन्दा पुरानो भौगोलिक इकाई हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया