जहाँका बच्चा कोहि प्रधानमन्त्री छन् त कोहि राष्ट्रपति !

काठमाडौं । बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाईलाई अनौठो लाग्ला । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोहि राष्ट्रपति, कोहि प्रधानमन्त्री र कोहि ठूला कम्पनीका मालिक छन् ।

त्यो गाउँमा गएको बेला तपाईलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला ।

किनभने भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक ।

खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदको नाम, मोबाइल कम्पनीको नाम तथा अदालतको नाम समेत राख्ने ठूलो शौख रहेको छ ।

त्यसैले त्यो जिल्लामा उच्च पदहरु, कार्यालयहरु, मोबाइल ब्राण्ड तथा एसेसरिजको नामबाट आफ्ना बच्चाको नाम राख्नु निकै सामान्य कुरा हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सामसुङ, एन्ड्रोइड मात्र होइन सिमकार्ड,, चिप, जिओनी, मिस कल, राज्यपाल, हाइकोर्ट जस्ता अनौठा नामका बालबालिकाहरु त्यो गाउँमा पाइन्छन् ।

झण्डै ५ सय कन्जड समुदाय बस्ने उक्त गाउँ सायद संसारको त्यस्तो एकमात्र गाउँ हो जहाँ विचित्र नाम राखिन्छ । आमरुपमा यो समुदायका मानिसहरु अशिक्षित छन् ।

तर यस्तो आधुनिक नाम राख्ने उनीहरुको चलनले यो बताउँछ की उनीहरु आधुनिकता र शिक्षाप्रति निकै लालयित छन् ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथमा प्रकाशित अनौठा समाचार

जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ !

कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियोसहित)

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु !

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु हरिणलाई खाना खुवाउँनु नै यी महिलाका लागि भयो खतरा !

जहाँका मानिस मरेपछि स्वर्ग जान यति धेरै खर्च गर्छन् !

महिला मात्र जान पाउँने अनौठो टापु !

ताली बजाउना साथ पानी माथि आउँने रहस्यमयी दलाही कुण्ड !

एउटै आलुलाई १२ करोड !

सार्कलाई च्यालेन्ज दिने यो माछा !

विवाह गरेको तीन मिनेटमै डिभोर्स, यस्तो थियो कारण !

भिडियोकलबाटै यसरी भयो इन्गेजमेन्ट !

सुतेको पनि तलब दिने अनौठो कम्पनी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?